**Online Form भर्दा ध्यानदिनुपर्ने कुराहरु**
मिति २०७६।११।०२ गते प्रकाशित खुला प्रतियोगिताको विज्ञापन अनुसार सिंगल दस्तुरमा दरखास्त बुझाउने अन्तिम मिति २०७६।११।२२ गते सम्म तोकिएकोमा सिंगल दस्तुर तिरी २०७६।११।२९ गते सम्म र दोब्बर दस्तुर मिति २०७६।१२।०६ गतेसम्म कायम गरिएको छ । साथै, मिति २०७६।११।२२ गते पछिको उमेद्वारको उमेर, अनुभव र शैक्षिक योग्यता लगायतका अन्य योग्यता निर्धारण हुने आधारहरू गणना नहुने व्यहोरा समेत सूचित गरिन्छ ।
दरखास्त फाराम भर्नुभन्दा पहिले उम्मेदवारहरुलाई आवश्यक पर्ने कुराहरुः
Online फाराम भर्ने तरिका :
१. Online मार्फत दरखास्त फाराम भर्ने उम्मेदवारले सर्वप्रथम आफ्नो User Create गरी सो User Name बाट Login गरी दरखास्त फाराम भर्न सक्नेछन ।
२. उम्मेदवारले आफ्नो विवरण सत्य, तथ्य, र प्रष्ट रुपमा भर्नु पर्नेछ । झुठा विवरण पेश गरेको ठहरिएमा जुनसुकै बखत दरखास्त तथा परीक्षा रद्ध गरी प्रचलित कानुन बमोजिम कारवाही समेत हुनेछ ।
३. उम्मेदवारले एक पटक विवरण भरिसकेपछि पटक पटक विवरण भरिरहनु पर्ने छैन ।
क. User Profile बनाउने तरिकाः
१. प्राधिकरणको वेभसाइट career.nea.org.np मा प्रवेश गरेपछि प्राप्त हुने Screen मा देखिने Window को Register menu मा Click गर्नुपर्नेछ ।
२. उम्मेदवारले प्रारम्भिक दर्ता फाराममा उल्लेख भएका सम्पूर्ण विवरणहरु भर्नु पर्दछ । यसरी विवरणहरु भरिसकेपछि फारामको अन्त्यमा रहेको Register Button मा Click गर्नुपर्नेछ ।
३. यसरी प्राप्त गरेको User Name (email address) र Password बाट नै उम्मेदवारले Login गर्नुपर्नेछ ।
४. उम्मेदवारले Login गरेपछि Bigyapan, Personal, Contact आदि विवरणहरु रहेको Window देखा पर्नेछ । सो विवरणहरु भरीसकेपछि Window को अन्त्यमा रहेको Save and Next मा Click गरी अन्य विवरणहरु क्रमैसँग भर्दै जानुपर्नेछ ।
५. एउटा विवरण भरिसकेपछि अर्को विवरण भर्नका लागि Next Button मा Click गर्दै जानुपर्नेछ । भरिसकेका विवरणहरु सच्चाउनु परेमा Back Button मा Click गर्नुपर्नेछ ।
६. उम्मेदवारले आफ्नो मुखाकृति स्पष्ट देखिने हालसालै खिचेको पासपोर्ट साइजको (कम्तीमा १५० पिक्सेल) फोटो र स्पष्ट देखिने दस्तखतको नमुना Scan गरी Upload गर्नुपर्नेछ ।
७. फोटो र दस्तखत Upload गरिसकेपछि उम्मेदवारले आफ्नो विवरणको Preview हेर्न सक्नेछन ।
ख. परीक्षा दस्तुर बुझाउने तरिकाः
उम्मेदवारले सम्पूर्ण विवरण भरी सकेपछि Vacancy Tab मा रहेको विज्ञापन किसिम अन्तर्गत अधिकृत स्तर र सहायक स्तर मध्ये कुनै एउटाको छनौट गरी विज्ञापनमा उल्लेखित विवरणहरु भरी सकेपछि Save & Next गर्ने । त्यसपछि Payment Tab भित्र गै Payment Mode हरु eSewa, connectIPS , Fonepay वा Token Pay मध्ये कुनै एकबाट तोकिएबमोजिमको परीक्षा दस्तुर बुझाउन सक्नेछ ।
उक्त Payment Mode हरु मध्ये eSewa, connectIPS र Fonepay को हकमा सो सेवा प्रदायक संस्थाबाट प्राप्तहुने Username र Password प्रयोग गरि Payment गर्न सकिनेछ ।
Token Pay को हकमा System बाट generate हुने Token Number सुरक्षित राखी विज्ञापन प्रकाशित भएको मितिले २१ दिनभित्र रकम भुक्तानी गर्दा सिंगल दस्तुर बराबरको रकम eSewa, connectIPS, Fonepay बाट गर्न सकिनेछ तर २१ दिनपछिको ७ दिनभित्र भुक्तानी गर्दा डबल दस्तुर बरावरको रकम लाग्नेछ ।
ग. प्रवेशपत्र लिने तरिकाः
१. उम्मेदवारले प्रवेश पत्रका लागि आफ्नो Username (email address) र Password बाट Sign In गर्नुपर्नेछ।
२. Sign In गरेपछि देखिएको Window को Home Menu को Admin Card मा Click गरी आफूले फाराम भरेको विज्ञापनको प्रवेशपत्र हेर्न सकिन्छ । उम्मेदवारको परीक्षा दिन आउँदा अनिवार्य रुपमा सोही प्रवेश पत्र Print गरी ल्याउनुपर्नेछ ।
थप जानकारीका लागिः
पदपुर्ती विभाग : 01 - 4153048, 9849443854
For Technical Support
IT Department: 01-4153137, 01-4153060
सम्पर्क गर्न सकिनेछ ।